२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस समाजमा योगदान गर्न चाहनेका लागि राजनीतिको विश्वविद्यालय हुन्छ: महामन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताउनुभएको छ ।

बुद्धिजीवी तथा पेसागत समूहद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको बताउँदै समाजमा योगदान दिने जोकोहीलाई आउन मिल्ने र उनीहरूलाई पार्टीमा उचित व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

महामन्त्री पौडेलले विगतका कमजोरी सुधार्दै पार्टीमा सुधार र देश विकासका लागि सबैलाई साथ लिएर अगाडि बढ्न आफूहरू तयार भएको बताउनुभयो । स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न सहमतिको भावनाका साथ सबै प्रतिबद्ध भएर लाग्नुपर्ने भन्दै उहाँले त्यसमा आफू र आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

पूर्वमन्त्री नरहरि आचार्यले पार्टीमा भएको नेतृत्व परिवर्तनले देशमा आशा जगाएको भन्दै अब कांग्रेसले जनअपेक्षाअनुसार नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थशास्त्री डा पोषराज पाण्डेले कांग्रेसमा परिवर्तन आवश्यक रहेकामा त्यो सफल भएको र अब परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पूर्वराजदूत शम्भुराम सिम्खडाले पार्टीमा भएको परिवर्तनमा सबैलाई जोडेर देश विकासमा अगाडि बढ्न सुझा




भर्खरै