२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासप्रिन्टमा प्राविधिक समस्या हुदाँ स्मार्ट लाइसेन्स छपाईमा ढिलाई



अ+ अ-

‘मासप्रिन्ट’बाट अपेक्षा गरिए अनुरूप चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) नछापिएपछि स्मार्ट लाइसेन्स सुस्तगतिमा छापिन थालेको छ । ‘मासप्रिन्ट’बाट एक घण्टामा ४ सय ५०, दैनिक ८ हजार र मासिक ३ लाखसम्म स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्ने यातायात व्यवस्था विभागले दाबी गर्दै आएको छ । तर विभागको दाबी भन्दा निकै कम संख्यामा मात्र लाइसेन्स प्रिन्ट हुने गरेको छ । विभागका कर्मचारीहरु ‘मासप्रिन्ट’मा विभिन्न प्राविधिक समस्या आउने गरेको बताउँछन् ।

कर्मचारीका अनुसार गत मंसिरबाट सञ्चालनमा आएको ‘मासप्रिन्ट’मा सञ्चालनमा आउनु अगाडिदेखि नै प्राविधिक समस्या देखिन थालेको थियो । विभागले प्राविधिक समस्या भन्दै भदौमा विभाग आइपुगेको ‘मासप्रिन्ट’ चार महिनापछि सञ्चालनमा ल्याएको थियो । मेसिनबाट सुस्त प्रिन्ट हुने भएपछि सेवाग्राहीलाई झनै मर्का पर्ने भएको छ । विभागले १८ करोड रूपैयाँ खर्चेर सो मेसिन खरिद गरेको थियो ।

४ महिनामा जिरोमा झार्छौः हमाल

विभागका महानिर्देशक गोगनबहादुर हमालले ४ महिनामा स्मार्ट लाइसेन्सको समस्या हल बताएका छन् । ‘समस्या भएको छ तर हामी चाँडै नै हल गर्ने तयारीमा छौं, चार महिनामा जिरोमा झार्छौ,’ हमालले भने । विभागले ९ करोड रुपैयाँमा ल्याउने भनेको नयाँ ‘मासप्रिन्ट’ खरिद पक्रिया रोकिएको विभागले जनाएको छ । मुद्रण विभागले अहिले नल्याउन भनेकाले हालका लागि खरिद पक्रिया रोकिएको हमालले जानकारी दिए ।

‘अहिलेलाई मुद्रण विभागले नल्याउन भनेको छ त्यसैले अहिले सबैकाम रोकिएको हो,’ उनले भने, ‘मुन्द्रण विभागले ढिलो गरेमा हामी फेरि छलफल गरेर पक्रिया अगाडि बढाउँछौं ।’ यता यातयात व्यवस्था कार्यलयमा भने स्मार्ट लाइसेन्सका लागि घण्टौंसम्म लाइन बस्नु परेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । कंलकी बस्दै आएका रवि थापाले आफूले १५ महिनापछि बल्ल लाइसेन्स पाएको बताए ।

‘८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी’

महानिर्देशक गोगनबहादुर हमालका अनुसार अझै ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । हाल ट्रायल पास गरेर लाइसेन्स पाउन नसकेकाहरूको संख्या ६ लाख पुराना र दुई लाख नयाँ गरी ८ लाख रहेको हमालले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट