१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महिला, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई सहज वातावरण बनाऔँ’



अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्त मतदातालाई सहजतापूर्वक मतदान गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)ले आज यहाँ आयोजना गरेको ‘समाज रूपान्तरणका लागि नागरिक समाजको सुदृढीकरण’ विषयक छलफलमा उहाँले निर्वाचनलाई महिला तथा अशक्त नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री श्रेष्ठले आधा जनसङ्ख्या भएको महिला मतदातालाई सहज रूपमा मत हाल्ने अवस्था सिर्जना गराउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र ज्येष्ठ नागरिकले सहज रूपमा मत हाल्ने वातावरण मिलाउन हामी सबैले प्रयत्न गर्नुपर्छ । साथै निर्वाचनमा बालबालिकालाई प्रयोग गर्नु कानुनविपरीत भएकाले त्यस्ता घटनाको नियमन जरूरी छ ।”

मन्त्री श्रेष्ठले निर्वाचनकै लागि भनेर विभिन्न १० वटा मातृभाषामा सार्वजनिक सूचना तयार गरेर प्रसारण भइरहेको जानकारी दिनुभयो ।

अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी निर्वाचनमा जनस्तरसम्म पुगेर निर्वाचन शिक्षा दिन आवश्यक रहेको बताउँदै अकोराबले मतदाताको पहुँच विकास गर्न आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले विगतको निर्वाचनमा पनि बालबालिकालाई राजनीतिक पार्टीले चुनाव प्रचारमा प्रयोग गरेर कानुनविपरीत काम गर्दै आएको अनुभव सुनाउदै हालको चुनावमा समेत यस्ता गतिविधि भइरहेको बताउनुभयो ।

उहाँले अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई चुनावमा प्रयोग गरिएकाले निर्वाचन आयोगमा २१४ उजुरी परेको जानकारी दिँदै यसपटक ‘बालबालिका प्रयोग नगरौँ, बालबालिका शान्ति क्षेत्र हुन्’ भन्दै सन्देशमूलक अभियान सञ्चालिन गरिएको बताउनुभयो ।

प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछाने दृष्टिविहीन र शारीरिक रूपमा अशक्त मतदाताले सुरक्षित साथ मतदान गर्ने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचन आयोगलाई मतदानस्थलमा सहज पहुँच बढाउन पहलका लागि उहाँले आग्रह गर्नुभयो । रासस




भर्खरै