१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा आइपुग्यो मतपत्र



अ+ अ-

जुम्ला। हिमाली जिल्ला जुम्लामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र आज आइपुगेको जानकारी दिनुभयो ।

जिल्लामा ७१ हजार ७३९ मतदाता कायम छन् । निर्वाचन आयोगले मतदाताभन्दा १० प्रतिशत मतपत्र बढी पठाएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताउनुभयो । निर्वाचनका लागि जुम्लामा ६५४ कर्मचारी खटिने जनाइएको छ ।

जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस