१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन



अ+ अ-

झापा। आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लामा स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्रका परिचालक गरी १३१ जना खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ । यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् । उहाँले फागुन ३ गतेदेखि स्वयम्सेवक परिचालन गरेको बताउनुभयो ।

कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने उहाँले बताउनुभयो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने उहाँको भनाइ छ ।

पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा मतदाताको सङ्ख्या सात लाख १३ हजार ५३७ रहेको छ । यस पटक ५० हजार नयाँ मतदाता थपिएका छन् । जिल्लाका कूल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य रहेका छन् ।

जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ६३ हजार ३७९ रहेका छन् । निर्वाचन कार्यालयले अहिले मतदाता शिक्षा र मतदान केन्द्रको भौतिक अवस्थाको निरीक्षणलाईसमेत सँगसँगै अगाडि बढाइरहेको जनाएको छ । यही फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गरिने छ ।  रासस