२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ



अ+ अ-

सुर्खेत। सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाले आज बिहान चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई हवाई फायर गरेर नियन्त्रणमा लिनुपरेको जानकारी दिनुभयो ।

उनको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रनाउ बुढ्थापाका अनुसार सोमबार बेलुका ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोलीले चन्दलाई शङ्सस्पद अवस्थामा फेला पारेको थियो । “उसलाई हामीले नियन्त्रण गर्न खोज्दा हामीलाई नै उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषधसहित भाग्न खोज्यो,” डिएसपी बुढ्थापाले भन्नुभयो, “त्यसपछि प्रहरी टोलीले बल प्रयोगस्वरूप एक राउण्ड हवाई फायर गरेको हो ।”

चन्दलाई आज मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बुढ्थापाले बताउनुभयो । त्यसैगरी सोमबार राति नै ९ बजेतिर ८ ग्राम ६ मिलिग्राम लागुऔषधसहित अन्य दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ की २० वर्षीया माया नेपाली र २८ वर्षकी सङ्गीता विक रहेका छन् । उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको डिएसपी बुढ्थापाले बताउनुभयो ।  रासस