१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिलाको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ



अ+ अ-

मुस्ताङ। मुस्ताङको घरभपझोङ गाउँपालिका—२ मार्फामा ३३ वर्षीय महिलाको शङ्कास्पद मृत्यु भएको छ ।

रसुवा जिल्ला उत्तरगङ्गा गाउँपालिका–५ स्थायी घर भई घरपझोङ गाउँपालिका—२ मार्फास्थित विश्व लालचनको घरमा डेरा गरी बस्ने शान्ति गुरुङ सोमबार राति करिब १२ बजे आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोर्खा बारपाक गाउँपालिका—१ माइत भएकी गुरुङ मृत फेला परेको सूचनापछि जिल्ला प्रहरीबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल जोमसोम पठाएको छ । मृतक गुरुङका श्रीमान् २३ वर्षीय अश्विन थापामगरलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सो घटनाका सम्बन्धमा प्रहरीमा किटानी जाहेरी परेकाले अभियुक्तमाथी अनुसन्धान गर्न दश दिनको म्याद थप भइसकेको प्रहरीको भनाइ छ । रासस