२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको माघेसंक्रान्तिलाई भारतको कन्दमुल



अ+ अ-

काठमाडौं। माघेसंक्रान्तिमा उपयोग हुने कन्दमुलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ । विशेष गरेर माघेसंक्रान्तिमा विभिन्न कन्दमुल खाने परम्परा छ । माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायतका कन्दमुल खाने नेपाली परम्परा रहेको छ । नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमुल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ ।

कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए । उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ । सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिब २५ लाख रुपैयाँको आयात सखरखण्ड आयात गर्ने गरेका छन् ।

संघका अध्यक्ष खतिवडाले बजारको मागअनुसार उत्पादन गर्न नसक्दा कन्दमुलका लागि भारतको भर पर्नु परेको बताए । माघेसंक्रान्तिमा प्रयोग हुने कन्दमुल नेपालमा पर्याप्त उत्पादन हुन नसक्दा कन्दमुलकै लागि वार्षिक लाखौं रुपैयाँ बाहिरिने गरेको खतिवडाको भनाइ छ । यसैगरी यस वर्ष स्वदेशीमा उत्पादन हुने तरुल गत वर्षको भन्दा कम हुँदा गत वर्षको तुलना तरुलमा १० देखि १५ प्रतिशत महँगो हुने खतिवडाको भनाइ छ । खतिवडाले सबैभन्दा धेरै महँगो स्वदेशी वन तरुल रहेको हुने बताए ।

स्वदेशी वन तरुल प्रतिकेजी ४ सयदेखि ५ सय पर्ने बताए । विगतका वर्षमा तरुलसमेत भारतबाट आयात हुने गरेको थियो । हाल नेपालको उत्पादन बढ्दा पछिल्लो समय भारतबाट तरुल आयात भने रोकिएको उनले बताए । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले माघेसंक्रान्तिमा भारतबाट सखरखण्ड मात्र आउने गरेको बताए । माघे संक्रान्तिमा प्रयोग हुने तरुल भने नेपालकै उत्पादन भएको बताए ।

कालीमाटी बजारमा धेरैजसो सर्लाही, सल्यानलगायतका जिल्लाबाट आउने गरेको बताए । श्रेष्ठले विभिन्न तराई तथा पहाडी जिल्लाबाट कालीमाटी बजारमा दैनिक २ सय ५० देखि ३ सय टन तरुल भित्रिने बताए । उनका अुसार गत वर्षको तुलना यस वर्ष प्रतिकिलो १० रुपैयाँ तरुलको मूल्य बढेको छ । गत वर्ष प्रतिकेजी ४० रुपैयाँमा पाउने तरुल यस वर्ष प्रतिकेजी ५० रुपैयाँ पर्ने गरेको बताए । गत वर्षको तुलनामा यस वर्ष नेपाली तरुलको उत्पादन घटेको हुँदा मूल्य महँगो भएको उनको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा भारतबाट ४७ लाख १४ हजार मूल्य बराबरको सखरखण्ड आयात भएको छ । विभागको आर्थिक वर्ष २०७६/७७ को देखि आर्थिक वर्ष २०७१/७२ सम्ममा सखरखण्ड मात्र ३ करोड ७८ लाख ८१ हजार ९ सय मूल्यको आयात भएको छ । राजधानी दैनिकबाट