२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर हर्षोल्लासका साथ ग्याल्पो ल्होसार मनाइँदै



अ+ अ-

काठमाडौँ । हिमाली समुदायमा विशेष गरी शेर्पा जातिले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष २१५१ औं ग्याल्पो ल्होसार (काठ ड्रागन वर्ष) मनाइएको हो । काठमाडौंको बौद्ध, स्वयम्भू र देशका विभिन्न हिमाली जिल्लाहरूमा रहेका गुम्बाहरूमा बिहानैदेखि पूजापाठ र विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए ।

शेर्पा समुदायले नयाँ लुगा लगाउने, खाप्से र ग्याथुक जस्ता परम्परागत परिकारहरू खाने र एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाएका छन् । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीले समेत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन् ।