२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाद्वारा चुनावी वाचापत्र सार्वजनिक-(पूर्णपाठ)



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका लागि चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।

बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले वाचापत्र सार्वजनिक गरेको हो ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायतका नेताहरूले संयुक्त रूपमा सार्वजनिक गरेका वाचापत्रमा मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेका छन् ।

पार्टीको योजना सुनाउदै उपसभापति वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पुर्‍याउने दाबी गरे। उनले भने, ‘विश्व बैंकको मापदण्ड अनुसार हामी अहिले निम्न आय भएको मुलुकमा छौं, अबको ५ वर्षमा हामी सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुग्नेछौं ।’

देशको अर्थतन्त्र उकास्नका लागि रास्वपाले ‘मिशन मोड’ मा काम गर्ने बताउदै उनले आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने घोषणा गरे ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/02/RSP-BachaPatra.pdf”]