२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति र अमेरिकी सैन्य अभियान प्रमुख बिच भेटवार्ता



अ+ अ-

काराकास। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी सैन्य अपरेसनका प्रमुखसँग भेट वार्ता भएको जनाइएको छ ।

रोड्रिगेजको सरकार र युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल मार्फत छुट्टै भ्रमणको घोषणा गरेको जनाइएको छ । रोड्रिगेजको प्रेस कार्यालयले मरीन जनरल डोनोभानले रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेज र आन्तरिक मन्त्री डायोस्डाडो क्याबेलोसँग भेट गरेको बताएको छ ।

अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई काराकसमा आश्चर्यजनक छापामा समातेर लागु–औषध तस्करीको आरोपको सामना गर्न अमेरिका ल्याएको केही हप्तापछि यो बैठक भएको हो ।

बैठकको क्रममा, दुबै देशहरू अवैध लागुऔषध तस्करी, आतङ्कवाद र आप्रवासनको विरूद्ध लड्न द्विपक्षीय सहयोग एजेन्डा विकास गर्न काम गर्न सहमत भएको रोड्रिगेजको प्रेस अफिसबाट सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।

मतभेद समाधान गर्न र सबै पक्षको हित र द्विराष्ट्रिय र क्षेत्रीय हितका सवालहरुलाई सम्बोधन गर्ने संयन्त्र कूटनीति हुनुपर्ने बैठकले औल्याएको छ ।  (रासस/क्यूएनए)