२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला सभापतिसँग देउवा कड्किए



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापति सभापति शेरबहादुर देउवाको चियापान कार्यक्रममा उपस्थित भएका हुन् ।

जिल्ला सभापतिहरुकोे चियापान भेटमा देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिदै वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाई नबोलाउन भन्दै कड्कीएका थिए । ‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईहरु आउने ? अनि त्यो बैठकमा आउँदै गर्दा मर्लाइ किन खवर गर्नुभएन ? तपाईहरु देखि मेरो चित्त दुख्यो ? सभापति देउवाको भनाई उदृत गर्दै एक नेताले भन्नुभयो, ‘भोली तपाईहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?’

ललितपुर जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुर्याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो । पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको थियो । भेला तीन दिनसम्म चलेको थियो ।