१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नमूना मतदान सम्पन्न



अ+ अ-

भक्तपुर। भक्तपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा आज चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा नमूना मतदान गरिएको हो ।

निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित नमूना मतदान गरिएको हो ।

मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी भूमिका विभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो । कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमूना मतदान अत्यन्त उपयोगी हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्का, मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरलगायतको उपस्थित थियो । रासस