१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरित बालिकाको सकुशल उद्धार



अ+ अ-

सप्तरी। मङ्गलबार साँझ अपहरणमा परेकी एक बालिकाको प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

खड्क नगरपालिका–८ बिसनपुरकी सात वर्षीया आसु खातुन भन्ने नेहा खातुनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

अपहरण गरी फिरौती माग्ने खड्क–९ लालपट्टि टोलका ३० वर्षीय इम्तियाज अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाबाट नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

मङ्गलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि परिवारले खबर गरेपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरण गर्ने इम्तियाजले बिहीबार बालिकाका बुबा इमरान खानलाई फोन गरी रु एक करोड रकम र पाँच किलो सुनसमेत फिरौती लिएर रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए ।

यसैबीच पक्राउ परेका अहमदविरुद्ध अपरहण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो । रासस