१३ असार २०८३, शनिबार
,
Latest
‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा नमूना मतदान अभ्यास



अ+ अ-

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिद्वारा आज यहाँ नमूना मतदान सम्पन्न गरेको छ ।

छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित नमूना मतदानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो ।

निर्वाचनका लागि सुरक्षार्थ खटिने सुरक्षा निकायबीच समन्वय, सम्भावित जोखिमको पहिचान र नियन्त्रणका उपायबारे व्यावहारिक अभ्याससमेत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन अवधिमा उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको बताउनुभयो । रासस