२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम



अ+ अ-

काठमाडौँ, ९ फागुन : क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ ।

नेपाल र क्यानडाका पर्यटन क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाबीच सम्बन्ध विस्तार, व्यावसायिक साझेदारी कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

त्यस अवसरमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिँदै प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, संस्कृति र आध्यात्मिकताको अद्वितीय नमुनाका रुपमा रहेको बताउनुभयो । उहाँले क्यानडाली पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न दूतावास तयार रहेका स्पष्ट पार्नुभयो ।

कार्यक्रममा टोरन्टोमा रहेका ट्राभल एजेन्सी र टुर अपरेटरका प्रतिनिधि, पर्यटन बोर्डका अधिकारी, नेपाली ट्राभल र टुर कम्पनीका प्रतिनिधिलगायत पर्यटन व्यवसायीको उपस्थिति थियो ।रासस