१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएकौ बताउनुभयो ।

एमालेले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरिएको बताउनुभयो । विभिन्न स्थानमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको प्रचार विभाग प्रमुख शाहीले बताउनुभयो ।

निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपाराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो । पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावीद्वन्द्व निम्त्याउने षड्यन्त्रको भएको बताएको छ ।

एमालेले रौतहटको गौरमा जारी अनिश्चितकालीन कफ्र्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीले यसले मतदाताको निर्भिक मतदान अधिकार प्रभावित हुने जनाएको छ । होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्बिर तथा चिह्न अङ्कित टिसर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लङ्नको उदाहरणका रूपमा उल्लेख गरेको छ । रासस