२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि एपिएफलाई



अ+ अ-

उदयपुर। जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको (एपिएफ) ले उपाधि जितेको छ ।

आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो । एपिएफका तर्फबाट गीत रानाले एक र रेनुका नगरकोटीले एक गोल गर्दै आर्मीविरुद्ध जित हासिल गरेको आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

आर्मीको तर्फबाट जेनीफर राणाले एक गोल गरेकी थिइन् । फाइनलमा महिला राष्ट्रिय फुबटल प्रतियोगितामा प्रथम हुने एपिएफले रु सात लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

आजको खेलको प्ले अफ दी म्याच एपिएफकी गीता रानालाई घोषणा गरिएको छ । उनले रु सात हजार प्राप्त गरेकी छिन् । खेल अवधिभरिमा बढी गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई रु ५० हजार पुरस्कार प्रदान गरिएको आयोजक एन्फाले जनाएको छ ।

खेल अवधिभरि उत्कृष्ट समूहमा नेपाल प्रहरी घोषित भएको छ । प्रहरीको टिमलाई रु ५० हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ । खेल अवधिभरिको बेस्ट गोलकिपर एपिएफकी अञ्जना राना मगरलाई र खेलभरिका महत्वपूर्ण खेलडी आर्मीकी दीपा शाहीलाई घोषणा गरिएको भन्दै दुवैलाई जनही रु ५० हजार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

प्रथम, दोस्रो हुने टिम र खेलभरि विभिन्न उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, एन्फाका महासचिव राई र नेपाली सेना १८ नं बाहिनी प्रमुख बिमल बस्नेतले पुस्कार वितरण गर्नुभएको आयोजक एन्फा र सहआयोजक जिल्ला फुटबल सङ्घ उदयपुरले जनाएको छ ।

यही फागुन १ गतेदेखि सुरु भई आजसम्म सञ्चालन भएको राष्ट्रिय महिला फुबटल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । खेल नकाउटको आधारमा सञ्चालन गरिएको आयोजकले बताएको छ । नेपालमा पहिलोपटक उदयपुरमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिता गाईघाटस्थित थरुहट रङ्गशाला खेलमैदानमा भएको थियो । आर्थिक सहयोग फिफा रहेको थियो भने रमपम चाउचाउको प्रायोजनमा खेल सञ्चालन गरिएको थियो । रासस