१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय तथ्याङ्कका लागि मुख्य प्रशिक्षक प्रशिक्षण



अ+ अ-

काठमाडौँ।  ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।

जिल्ला आर्थिक गणना अधिकारी र गणकरसुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्याङ्क सङ्कलनको अनुगमनलाई सहजीकरण गर्ने उद्देश्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले २०७५ सालको आर्थिक गणनाको अनुभवलाई पूर्ण रूपमा सदुपयोग गर्दै आगामी गणनालाई सफल पार्नुपर्ने दायित्व सबैमा रहेको बताउनुभयो । यस पटकको गणनामा आधुनिक प्रविधिको प्रयोग स्वरूप इ सेन्ससलाई समेत समावेश गरिएको छ, जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
प्रशिक्षकहरूमा उच्चस्तरको जवाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा कार्यक्रमले विशेष जोड दिएको छ । समानता र एकरूपता प्रशिक्षण सामग्रीको बुझाइमा देशभर एकरूपता ल्याउन र प्रभावकारी ढङ्गले तालिम प्रदान गर्न निर्देशन दिइएको छ ।

यस्तै, कार्यस्थलमा आउन सक्ने समस्याको पहिचान, समाधानका उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षकहरूलाई तयार गर्न लागेको तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्कको गुणस्तर तालिमको गुणस्तरमा भर पर्ने भएकाले यसलाई गम्भीरताका साथ लिन आग्रह गरिएको छ । कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोखरेलले आर्थिक गणना केवल तथ्याङ्क सङ्कलन मात्र नभई निर्णय प्रक्रियाका लागि नीति निर्माण गर्ने मुख्य आधार भएको उल्लेख गर्नुभयो ।

देशको आर्थिक अवस्थाको यथार्थ चित्रण गर्न र बहुआयामिक विकासका योजना बनाउन यो गणना कोशेढुङ्गा सावित हुने प्रमुख तथ्याङ्क अधिकारी डा पोखरेलको भनाइ थियो । साथै उहाँले गुणस्तरीय तथ्याङ्कले नै गुणस्तरीय योजना बन्ने भएको आर्थिक गणनाबाट आउने सहि तथ्याङ्कका लागि मुख्य प्रशिक्षक तालिमको महत्त्वपूर्ण भूमिका रहने कुरामा जोड दिनुभयो ।रासस