२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैको पनि ज्यान गएको छैन, यो आक्रामणले इरान आफैं तल परेको छ: ट्रम्प



अ+ अ-

काठमाडौं । इरान र अमेरिकाबिच द्वनद चर्किरहँदा माहोल अहिले निकै गम्भिर बनेको छ । इरानले गरेको ब्यालेष्टिक मिसमईल आक्रमणमा अमेरिकाले रोचक तिरिकाले जवाख दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गरेको आक्रामणबाट आफ्नो कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको पनि टिप्पणी पनि गरेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मा’रिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा इरानले ८० अमेरिकी सैनिक मा’रिएको दाबी गरेको थियो । तर, ट्रम्पले इरानले गरेको दाबीको खण्डन गर्दै घटनामा कुनै पनि मानवीय क्षति नभएको बताएका छन् । ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्या’न गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’ इरानले गरेको ब्यालेष्टिक मिसाईलको भान अमेरिकाको राडरले अघि नै देखाएको कारण बेस क्याम्पबाट आफ्ना सैनिक मिसाईल झर्न अघि नै अमेरिकाले हटाईसकेको पनि बताईएको छ ।