२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले भारतलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको हो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेवाल्ड ब्रेभिस ४५, ट्रिस्टन स्टब्स ४४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतमा लागि जसप्रित बुमराहले ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुवेको नाममा एक एक विकेट रह्यो ।