१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणलगायत विषयमा उम्मेदवारका प्रतिबद्धता



अ+ अ-

गण्डकी। चुनावको मिति नजिकिँदै गर्दा कास्कीमा उम्मेदवारहरूले विकासका प्रतिबद्धतासहित घरदैलोमा पुग्ने कामलाई तीव्रता दिएका छन् ।

मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूले नयाँ पुस्ताले उठाएको सुशासनको मुद्दासहित समृद्धि, विकासलगायतका विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

कास्की क्षेत्र नं १ मा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले पर्यटनको राजधानी पोखरामा ठूलो सङ्ख्याका सहभागी अट्ने कार्यक्रम गर्ने हल वा सम्मेलन केन्द्र नहुँदा सहभागी धेरै भएमा खुल्ला चौरमा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउँदै आफूले जितेपछि पोखरामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न पहल गर्ने बताउनुुभयो । पोखरा महानगरपालिका–२६ का मतदातासँग आज भेटघाटका क्रममा उहाँले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सिलिङेमा बनाउने बताउनुुभयो ।

उम्मेदवार अधिकारीले यस क्षेत्रका सडक, विद्यालय, स्वास्थ्य, सिँचाइको विकास चरण, हालको समस्या सबै बुझेकाले काम गर्न सहज हुने बताउँदै उहाँले विद्यालयको पूर्वाधार विकास र स्तरोन्नति, खानेपानी समस्या समाधानमा आफ्नो ध्यान जाने बताउनुुभयो । पोखराको औद्योगिक विकासका लागि औद्योगिक ग्राम बनाउन पहल गर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नं १ का उम्मेदवार गणेश पौडेलले आफ्नो निर्वाचन लक्षित वाचापत्रसहित मतदातासँग भेटघाट गर्नुभएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकास नै आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुुभयो ।

विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्नेगरी नमूना विद्यालय विकास गर्ने उहाँको वाचापत्रमा उल्लेख छ । स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य बीमामा सबैको आबद्धता सुनिश्चित गर्ने तथा ‘स्वस्थ नेपाल’ अभियानलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पर्यटन क्षेत्रलाई उद्योग सरह सुविधा उपलब्ध गराउने, पदमार्ग संरक्षण ऐन जारी गर्ने तथा कास्कीका प्रमुख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने ‘इको–टुरिज्म सर्किट’ विकास गर्ने योजना रहेको अधिकारीले बताउनुुभयो ।

नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटले समृद्धि र विकाससँगै स्थानीय विकासका विषयहरू आफ्नो प्राथमिकतामा रहेको बताउनुुभयो । प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिका–२९ का विभिन्न टोल तथा आमा समूहमा भेटघाट तथा सुझाव सङ्कलन गर्दै उहाँले लेखनाथ रङ्गशालाको निर्माण पूरा गर्नेमा आफू लाग्ने विश्वास व्यक्त गर्नुुभयो । लेखनाथ रङ्गशालामा अन्तरराष्ट्रिय स्तरको खेल खेलाउन आफूले चुनाव जितेपश्चात् पहिलो प्रस्ताव राष्ट्रिय स्तरको रङ्गशालाको पूरा प्यारापिट सहितको रङ्गशाला निर्माण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

त्यसैगरी, कास्की क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले पोखरा–१७ दोभिल्लालगायतका क्षेत्रमा मतदाता भेट्दै नयाँ पुस्ताले उठाएको सुशासनको विषयसँगै समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुुभयो ।

कास्की २ मा नेकपा (एमाले)का उम्मेदवार रश्मी आचार्यले राष्ट्रिय समस्याका रुपमा रहेको बाँदर व्यवस्थापनका लागि प्रभावकारी कानुन बनाउन अगुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।

पोखरा–२१ निर्मलपोखरीमा मतदातासँगको भेटमा उहाँले देशैभरका कृषकका उत्पादन बाँदरले नष्ट गर्नाका साथै कतिपय ठाउँमा स्थानीयलाई आक्रमण गरेका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुुभयो । रासस