२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन कार्यतालिकामा छलफल गर्न सभापति खुला हुनुहुन्छ: कांग्रेस नेता महत



अ+ अ-

जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुगेका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटकपटक केन्द्रीय समिति बैठक सारेको जानकारी गराएका छन। महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उनले भने, “महाधिवेशनको मिति तोकिएको छ । त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा ‘सभापति’ जहिले पनि खुला हुनुहुन्छ । महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो ।”

नागरिकका अधिकार कुण्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गरे । “हाम्रो ऊर्जालाई तितरवितर गर्नुको सट्टा एकीकृत भएर महाधिवेशनको प्रक्रियामा अघि बढ्ने र लोकतन्त्रको रक्षाका लाग पार्टी केन्द्रीत हुनुपर्छ । एकवर्ष समयावधि थप गर्ने र फागुनमा महाधिवेशन गर्ने बारेमा कुनै विमति नै छैन” उनले भने ।

“सभापति देउवा भ्रातृ संस्था, केन्द्रीय विभाग, कार्यतालिकामा कहाँनिर परिमार्जन गर्नुपर्यो तयार हुनुहुन्छ । बैठकमा आएपछि नै त्यस बारेमा छलफल हुन्छ ” नेता महतले भने, “सभापतिले सहमतिका लागि धेरै प्रयास गर्दा पनि कुनै उपाय नलागेपछि उहाँहरु (वरिष्ठ नेता पौडेल समूह) को अनुपस्थितिमा निर्णय भएको हो ।” सबै जना बसेर केन्द्रीय समितिको बैठक बसेमा परिमार्जन गर्ने ठाउँ छ भने परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।