२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ नेफ्टा फिल्म अवार्ड नेपालमै हुने



अ+ अ-

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) ले आयोजना गर्दै अएको दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । नेफ्टाले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी १५ चैतमा टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघि चार पटकसम्म उक्त अवार्ड कार्यक्रम विदेशमा गरिएको थियो । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेफ्टा अवार्डको घोषणा गरेको हो ।

दुई वर्षदेखि रोकिएको उक्त अवार्ड कार्यक्रम चैतमा गर्न लागिएको नेफ्टाका अध्यक्ष पुष्कर लामाले बताए । उनका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिया, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् (युएई)मा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर कार्यक्रम नेपालमै गर्न लागेको उनले बताए ।

नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाति चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल ३७ विधा समावेश गरिनेछ । कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुंगाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायतका कलाकारको उपस्थित रहेको थियो । सौर्य दैनिकबाट