२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं। वेस्ट इन्डिजले आईसीसी पुरुष टी–२० विश्वकप को चौथो सुपर–८ खेलमा जिम्बाब्वेलाई २५५ रनको लक्ष्य दिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २५४ रनको विशाल स्कोर बनाएको हो ।

टी–२० विश्वकप इतिहासमै यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् २००७ को विश्वकपमा केन्याविरुद्ध श्रीलंकाले २६० रन बनाएको थियो । दोस्रोमा आयरल्यान्ड २३५ रनसहित रहेकोमा अब वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध २५४ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायर र रोभमान पावेलले अर्धशतक प्रहार गरे। हेटमायरले ३४ बलमा ८५ रन बनाए। उनले ७ चौका र ७ छक्का प्रहार गरे।

रोभम्यान पावेलले ३५ बलमा ५९, रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । यस्तै कप्तान शाही होपले १४ रन बनाउँदा शेर्फेन रदरफोर्ड ३१ रनमा नटआउट रहे ।

जिम्बाब्बवेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले दुई दुई विकेट लिए ।