२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण



अ+ अ-

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी ६७ जनाको सहभागिता थियो । कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले परराष्ट्र मन्त्रालयले विदेशी पाहुनलाई स्वागत गरी सहजीकरण गर्न खटाएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दा नै नेपालको तर्फबाट प्रभाव पार्नेगरी प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

सम्पर्क अधिकृतले देशका नाम पनि राख्ने गरी गुण विकास गरी विदेशी पाहुनासमक्ष व्यवहार गनुपर्ने उहाँले जानकारी गराउनुभयो । मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने पनि निर्वाचन आयुक्त राणाले बताउनुभयो ।

देशको इज्जत राख्ने सामूहिक काम भएकाले मिलेर काम गर्न उहाँले निर्देशन दिनुभयो । सम्पर्क अधिकृतले नेपालको छवि राम्रो बनाउने गरी काम गर्नुपर्ने तयारी गर्न उहाँले सुझाव दिनुभएको थियो । कार्यक्रममा यसअघि पनि सम्पर्क अधिकृतका रूपमा काम गरिसकेका अनुभवीहरूले विदेशी पाहुनाले सम्पदास्थलमा पनि भ्रमण गर्न चाहने भएकाले त्यसअनुसारका कार्यक्रम पनि बनाउन अनुरोध गर्नुभएको थियो ।

सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले ‘सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व’ प्रस्तुतीकरण गर्नुभएको थियो । रासस




भर्खरै