२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङकाे मैवाखोला गाउँपालिकामा ‘एक घर एक बगैँचा’ अभियान: ३३ किसानलाई किबीका उन्नत बिरुवा वितरण



अ+ अ-

काठमाडाैँ । ताप्लेजुङकाे मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ। ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका किसानलाई बिरुवा उपलब्ध गराइएको हो।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो। किबीखेती गर्न इच्छुक किसानबाट आवेदन आह्वान गरी प्राप्त निवेदनका आधारमा बिरुवा खरिद गरिएको र त्यसैअनुसार वितरण गरिएको उनले जानकारी दिए।

आवश्यकता र उपलब्धताका आधारमा प्रत्येक किसानलाई ३० देखि १०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ। किबीखेतीका लागि ३३ जना किसानले आवेदन दिएका थिए र सबै आवेदकलाई बिरुवा वितरण गरिएको राईले बताए।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले ‘एक घर एक फलफूल बगैँचा’ अभियानमार्फत स्थानीयस्तरमै व्यावसायिक फलफूल उत्पादन विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

किबीका बिरुवा लिने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने स्पष्ट पार्दै उनले वितरण गरिएका बिरुवाको नियमित अनुगमन र आवश्यक प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराउने जानकारी दिए।

उनका अनुसार किसानले लगेको बिरुवाको उचित स्याहार–सुसार नगरेमा वा समयमै रोपाइँ नगरेमा गाउँपालिकाबाट प्रदान गरिने सेवा–सुविधा रोक्का गर्न सकिनेछ। उत्पादित किबीको बजारीकरणका लागि पनि गाउँपालिकाले सहजीकरण गर्ने जनाएको छ।

यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।




भर्खरै