२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिकवि भानुभक्त क्याम्पसद्वारा सन् २०२६ ‘तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष’ घोषणा



अ+ अ-

काठमाडाैँ । सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा मनाउने तयारी भइरहेको छ। तनहुँकाे आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस वर्ष तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष मनाइँदैछ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रमको मुख्य उद्देश्य भविष्यमा सांस्कृतिक अभियन्ता र विज्ञ जनशक्ति उत्पादन गर्न मार्गनिर्देशन गर्नु रहेको बताए। उनले भने, “भाषा मरे संस्कृति मर्ने भएकाले नयाँ पुस्ताका तमुले खेगी, पच्यु र क्ल्हेप्री परम्परा जोगाउन गुरुङ भाषाको ज्ञान अनिवार्य छ। आफ्नो मातृभाषा बोल्न लाज होइन, गर्व गर्नुपर्छ। भाषा बाँचे मात्र हाम्रो इतिहास र पहिचान बाँच्छ। यसको संरक्षण र प्रवर्द्धनमा सबैले सहकार्य गर्नुपर्छ।”

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तमु ह्यूल छोंज धिं र शैक्षिक संस्थासँगको सहकार्यमा समुदायको संगठनशीलता र एकता देखाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले क्याम्पस र तमु समुदायको संयुक्त प्रयासले मात्रै सन् २०२६ सफल ‘तमु भाषा र संस्कृति वर्ष’ बनाउन सकिने विश्वास व्यक्त गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सांस्कृतिक मौलिकता हाम्रो शक्ति भएको उल्लेख गर्दै क्याम्पसको नारा आत्मसात् गरेर अघि बढ्नुपर्ने धारणा राखे । उनले भने, “विश्वको जुनसुकै कुनामा गए पनि हाम्रो भाषा र संस्कृतिले हामीलाई सम्मानित बनाउँछ।”

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले रैथाने ज्ञान र सीपलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासस्वरूप तमु वर्षको कार्ययोजना तयार गरी कार्यान्वयनमा लागेको जानकारी दिए ।

सम्पदा नेपालका अध्यक्ष तथा पर्यटनविज्ञ हरिसिं गुरुङले गुरुङ समुदायको रोधी, घाँटु, सोरठी, कृष्णचरित्र नाचलगायत संस्कारहरू केवल नाच नभई सभ्यताको अङ्ग भएकोले तिनीहरूको मर्म बुझ्न र जोगाउन प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । उनले यस अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा व्यक्त गरे ।

तमु विद्यार्थी सहयोग समूहका अध्यक्ष रोहन गुरुङले भाषा, साहित्य, कला र संस्कृति संरक्षणको वार्षिक कार्ययोजना नयाँ पुस्तामा पुलको भूमिकामा रहेको बताए। आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १०० भन्दा बढी तमु विद्यार्थी र समुदायका अगुवासँग समन्वय गरी कार्ययोजना तयार गरिएको हो।

देवघाट गाउँपालिकाकी स्नातक तहकी छात्रा रिया गुरुङले भनिन्, “हामी तमु, हाम्रो भाषा, साहित्य, कला र संस्कृतिमा स्पष्ट हुन सकेनौँ भने भोलि अभिभावक नहुँदाको अवस्थामा नयाँ पुस्तालाई के सिकाउने? पुस्तान्तरणसहित भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास छ।”

यसैबीच, क्याम्पसले आदिवासी जनजातिको भाषा तथा संस्कृति संरक्षण तथा विकास समितिमार्फत सन् २०२६ लाई गुरुङ (तमु) भाषा, साहित्य, कला र संस्कृति वर्षका रूपमा घोषणा गरेको छ।




भर्खरै