२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण: अन्तर्राष्ट्रिय बोलपत्र नगरी खल्तीबाट टेन्डर दिइँदै



अ+ अ-

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा प्रतिस्पर्धाबिनै दिन लागिएको भन्दै सार्वजनिक लेखा समितिमा परेको उजुरीमाथि सोमबार छलफल भएको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कुनै एक कम्पनीलाई खरिद प्रक्रियाका लागि टेन्डर दिन लागिएपछि सो विषयमा सार्वजनिक लेखा समितिमा छलफल सुरु भएको छ । सुरक्षित मुद्रण पिन्टीङ्र प्रेस (सेक्युरिटी प्रिन्टिङ प्रेस) कुनै अमुक कम्पनीलाई प्रतिस्पर्धाबिना दिन लागिएको भन्दै उजुरी परेपछि छानबिनका लागि समितिमा सोमबार छलफल भएको हो । सोमबार प्रिन्टिङ प्रेसका जानकारसँग समितिले छलफल गरेको थियो ।

सार्वजनिक लेखा समितिले गरेको उजुरी आह्वानपछि प्रदेश श्रेष्ठका नाममा लेखा समितिमा दिइएको उजुरीका आधारमा समितिले छलफल थालेको हो । समितिले सोमबार सेक्युरिटी प्रिन्टिङ प्रेसका जानकार विजयप्रकाश मिश्रसँग गरेको छलफलमा उनले लागतभन्दा अर्बौं बढी मूल्य भनेको कम्पनीलाई सरकारले अनुमति दिन लागेको बताए । १२ अर्ब रुपैयाँभन्दा बढी लागतमा कुनै पनि कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्न दिनु नहुने मिश्रको सुझाव छ । समिति बैठकले दुई देशका कम्पनीको कागजपत्र अध्ययन गरेको थियो ।

समितिको सोमबारको बैठकले दुई देशका कम्पनीको प्राविधिक र वित्तीय प्रस्तावको विषयमा अध्ययन गरेको सार्वजनिक लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार समिति बैठकले अध्ययनपछि दुई कम्पनीको थप कागजपत्र मगाउने निर्णय गरेको छ । ‘बैठकमा दुई कम्पनीको फाइल अध्ययन भयो, थप कागजपत्र मागेर सो विषयमा समितिले आफ्नो राय दिनेछ,’ सचिव पाण्डेले भने । नेपालमै सुरक्षण मुद्रण उद्योग खोलेर छपाइ गर्ने भनिए पनि सरकारले गत महिना मात्रै टेन्डर रद्द गरेको थियो ।

दुई कम्पनीमध्ये सरकारले फ्रान्सेली कम्पनीलाई दिने गरी तयारी थालेको छ । फ्रान्सको आईएन गु्रपले प्रस्ताव गरेको मूल्य वास्तविकभन्दा धेरै महँगो भएको विज्ञहरू बताउँछन् । सोही कामका लागि ५ फेबु्रअरी २०१७ मा लगानी बोर्डमा प्रस्ताव दर्ता गराएको स्विट्जरल्यान्डको केबीए नोटा एसवाईएसले सबै सेक्युरिटी प्रणाली जडान गर्न २ सय मिलियन युरो अर्थात् करिब २५ अर्ब ६० करोड प्रस्ताव गरेको थियो । तर, हाल सरकारले सेक्युरिटी प्रिन्टिङका लागि ८० मिलियन युरो अर्थात् १० अर्ब २४ करोड बराबर बढी लागत प्रस्ताव गरेको कम्पनीलाई जीटूजी (सरकार-सरकारबीच) का आधारमा दिन लागेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्र्रेस स्थापनामा ढिलाइ हुँदा राहदानी विभागमा रहेको राहदानीको स्टक घट्दै गइरहेको छ । सेक्युरिटी प्र्रिन्टिङको विषय अन्योल रहेका बेला उद्योग सञ्चालनमा आउन वर्षौं लाग्ने अवस्थामा अहिले मौज्दात राहदानीले दुई वर्ष पनि पुर्याउन मुस्किल भइरहेको विभागले जनाएको छ । राहदानीको स्टक घट्दै गइरहेका बेला सेक्युरिटी प्रिन्टिङ खोलेर छपाइ गर्नेका लागि सूचना तथा सञ्चार मन्त्रालयले दुई कम्पनीसँग छलफल अगाडि बढाएको थियो । सार्वजनिक लेखा समितिमा सो विषयमा छलफल भइरहेकाले तत्काल सञ्चार मन्त्रालयले यो प्रक्रिया अगाडि बढाउन सक्ने अवस्था छैन ।

सुरक्षण मुद्रण उद्योग स्थापना गर्न जर्मन र फ्रान्स दुवै कम्पनीका फर्म योग्य देखिएपछि दुवै प्रस्तावलाई सिफारिस गरिएको थियो । तर, विश्वव्यापी परिप्रेक्ष्य, कम्पनीको वित्तीय अवस्था, प्राविधिक क्षमता, अनुभव र अन्य आवश्यकतालाई ध्यानमा राख्दै जर्मन फर्मले फ्रान्सेलीभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालय स्रोतले जनायो । फ्रान्सेली कम्पनीले २७ अर्बमा नोट छाप्ने प्रणाली र भौतिक संरचना निर्माणको कामसहित मुद्रण उद्योग स्थापना गर्ने प्रस्ताव मन्त्रालयमा पेस गरिसकेको छ ।

फ्रान्सेली कम्पनीसँग वार्ता गरी लागत घटाउने र फ्रान्सले केन्द्र स्थापनाका लागि दिने भनेको सहुलियतपूर्ण ऋणको ब्याजदर टुंग्याउने मन्त्रालयको तयारी छ । त्यस्तै, बैंकको मुद्रण सुविधासहित प्रेसको प्रारम्भिक बजेट २ अर्ब रुपैयाँ रहेको अनुमान गरिए पनि सरकारले नोटबन्दी मुद्रण गर्ने योजनालाई खारेज गरी बजेट घटाएको छ । राहदानी विभागका अनुसार अब साढे ७ लाख राहदानी बाँकी छन् । आर्थिक वर्ष २०७१/७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएको थियो ।

त्यसयता यो दर बर्सेनि ५ देखि साढे ५ लाखसम्म छ । गत आर्थिक वर्षमा ५ लाख १५ हजार राहदानी बाँडिएको थियो । विभागले प्रस्ताव पेस गर्ने अन्तिम दिन २१ कात्तिकमा नेपाल सरकारको निर्णय भन्दै अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको सूचना जारी गरेको थियो । विभागले ५० लाख नयाँ ई–पासपोर्ट (राहदानी) छाप्न १० भदौमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राजधानी दैनिकबाट