२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । सोमबार परराष्ट्रमन्त्री ज्ञवालीले आगलागीबाट मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई समवेदना सन्देश पठाएका हुन् ।

आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

पाँच दिनदेखिको आगलागीका कारण २५ भन्दा बढीको मृत्यु भइसकेको छ । १५ सय भन्दा बढी घर जलेका छन् भने ५० करोड जनावर जलेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।