२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्मचारी व्यवस्थापन हुन नसक्दा बजेट खर्च भएन’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताउनुभएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताउनुभएको हो । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकशेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उहाँले बताउनुभयो । कर्णालीका विभिन्न स्थानीय तहहरुमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पुरा गर्न कठिन भएको उहाँले बताउनुभयो ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताउनुभयो । बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरुले नबनाएरै काम गरेकाले कम खर्च भएको उहाँको भनाई छ ।

संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार ६१२ दरबन्दीमा समाउोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार ५७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । समितिमा सांसदहरुले सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीलाई आमन्त्रण गरेको भएपनि उहाँ सहभागि हुनुभएन् ।