२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले छान्यो राष्ट्रियसभाका लागि उम्मेदवार



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको हो । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उहाँले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो । त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ । त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको श्रेष्ठले बताउनुभयो ।

नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ । एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा ) राष्टिपतिले मनोनयन गर्नुहुनेछ । माघ ९ गते १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।