२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा पुगेपछी कम्युनिष्ट नेताले बिर्सेको भन्दै सयौ कार्यकर्ता काँग्रेस प्रवेश भन्दै



अ+ अ-

मोरङ । कम्युनिष्ट नेताहरुबाट देश परिवर्तनको सम्भाबना नरहेको भन्दै सयौ कर्याकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार मोरङमा आयोजित कार्यक्रमबिच उनिहरु काँग्रेस प्रवेश गरेका हुन ।

कम्युनिष्ट नेताहरु सत्तामा पुगेपछी जनतालाई बिर्सेर भ्रष्टाचार, बिलासिता र आत्मरतिमा रमाउन थालेकाले नेकपाबाट देश परिवर्तनको सम्भाबना नदेखेर आफुहरु काँग्रेस प्रवेश गरेको उनिहरुले बताएका छन ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिदै काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्न तयार हुनुपर्ने पनि बताए ।

सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए । अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।