२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: दर्ताको समय ४ दिन बाँकी, दललमा भने उम्मेदवारको टुङ्गो नै छैन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन्। निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ। तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन्। राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ। निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरू भने अझै तातेका छैनन्।

अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले दुई नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको छ। प्रदेश २ बाट नेकपा र राजपाले २/२ सिटमा तालमेल गरेका छन्। यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ। महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बिहीबार बस्ने सचिवालय बैठकमा राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुनेछ। पार्टीका प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न नेकपाले पहल गरेको छैन।

‘तल्लो कमिटीका साथीहरूका भावना समेटेर उम्मेदवार तय गर्छौं’, महासचिव पौडेलले भने। टिकट पाए चुनाव जित्ने निश्चित जस्तै रहेकाले टिकट पाउन शीर्ष नेताकोमा दौडधुप भइरहेको नेताहरूले बताएका छन्। यता विपक्षी कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छैन। कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार २ नम्बर प्रदेशमा समाजवादी पार्टीसँग चुनावी तालमेलको तयारी भइरहेको छ। तर, कांग्रेस र समाजवादी मिले पनि दुई नम्बर प्रदेशमा चुनाव जित्ने सम्भावना कम छ। राजपा र समाजवादीले पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभा सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिकाका)का प्रमुख र उपप्रमुख मतदाता हुन्। ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रिय सभा मतदाता हुन्।

स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ। राष्ट्रिय सभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो। तर यसपटक प्रत्येक प्रदेशबाट (क्लस्टर) मा एक एकजना मात्र निर्वाचित हुने हुँदा प्रत्यक्ष निर्वाचन जस्तै हुनेछ।

२ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत भएकाले राष्ट्रिय सभा निर्वाचन नेकपाका लागि भने लाभैलाभ हुने देखिन्छ। २ नम्बर प्रदेशमा नेकपाले राजपासँग तालमेल गरिसकेको छ। २ नम्बर प्रदेशमा एक महिला, एक दलित, एक खुला र एक अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी ४ वटै कलस्टरबाट ४ पद रिक्त हुँदैछ। ५७ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १३ सांसद छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन्। ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रिय सभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेहरूको कार्यकाल भने ६ वर्षकै हुनेछ। अन्नपुर्णपोष्ट दैनिकबाट