२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार निरङ्कुसतातर्फ अघि बढ्यो : अधिकारी



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य राधेशयाम अधिकारीले सरकार निरङ्कुसतातर्फ अघि बढेको आरोप लगाउनुभएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि आफ्नो धारणा राख्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

राणा शासनमा सरकारको विरुद्ध कुरा गर्न डराउनुपर्ने अवस्था रहेकोमा अहिलेको सरकारले आफ्नो त्यही डर उत्पन्न गराउने अवस्थाको सिर्जना गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘राणा शासनलाई हामीले के भनेर बुझ्छौ ? त्यसलाई हामी निरङ्कुस शासन भनेर बुझ्छौँ । त्यो बेला सरकारको विरुद्ध केही कुरा हुँद भित्ताको पनि काम हुन्छ भन्ने डर हुन गर्दथ्यो भनेर बुढापाखाले भन्थे ।’

विधेयकले सोझै स्वतन्त्रता, मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको उहाँको अरोप छ ।

उहाँले विधेयक एउटले ल्याउने र उपभोग अर्कोले गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले मौलिक हकलाई मौलिक हक नै हुन दिनुपर्ने भन्दै जनतामा किन विश्वास किन गर्नुहुन्न ? नागरिकमा किन विश्वास किन गर्नुहुन्न ? किन गोप्य एजेन्सीमा विश्वास गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

यस्तै राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले देशले काँचुली फेर्नुपर्ने अवस्थामा मौलिक हक, स्वतन्त्रता, सुचना र गोपनियताको हकमाथि हमला गर्दै सरकार निरङ्कुसता र तानासाही बन्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले विरोधी र विरोधी प्रतिस्पर्धीलाई फसाउने षडयन्त्र सरकारले गरेको समेत आरोप लगाउनुभएको छ । ‘विधेयक जनता विरोधी नागरिक हकको विपक्षमा छ । कानुनी रुपमै सरकारले यस्तो नियत राखेपछि सामाजिक सञ्जाल चलाउन डराउनुपर्ने अवस्था देखिन्छ । विधेयक तुरुन्त फिर्ता हुनुपर्छ’, उहाँले भन्नुभयो ।

राष्ट्रियसभा सदस्य कालि बहादुर मल्लले मौलिक हकहरुलाई खतरामा पार्न नभएर सुरक्षित गर्नका लागि विधेयक आएको बताउनुभएके छ । ‘देशमा अपहरणका कुरा, बम पड्केका कुरा देखिरहेका छौँ । जनताको सुरक्षा गर्ने दायित्व सरकारको हो । सूचना एकीकरण गर्नुपर्ने दायित्व पनिसरकारको हो’, उहाँले भन्नुभयो ।