२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष २०२० लक्षित तीस पर्यटकीय गन्तव्यहरु



अ+ अ-

हेटौँडा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मकवानपुर जिल्लाका ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । जिल्लाका १० पालिकाका तीन/तीनवटा पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएको हो । पर्यटकीय महत्वका स्थल जिल्लामा धेरै भए पनि भ्रमण वर्षलाई लक्षित गरी हरेक पालिकाबाट तीन/तीनवटा पर्यटकीय स्थल छनोट गरिएको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमख रघुनाथ खुलालले जानकारी दिए।

जिल्लास्तरीय भ्रमण वर्ष समितिका संयोजकसमेत रहेका खुलालका अनुसार जिल्लाका १० वटै स्थानीय तहले आआफ्नो स्थानीय तहमा भएका पर्यटकीय स्थलमध्ये महत्वपूर्ण स्थलको पहिचान गरी पठाएका हुन् । भ्रमर्ण वर्ष लक्षित गरेर छनोट गरिएका पर्यटकीय गन्तव्य स्थलसम्म पुग्ने सडक सञ्जाल र गन्तव्यका बारेमा जिससलाई स्थानीय तहले पठाएका थिए ।प्रदेश सरकारले माग गरेअनुसार पर्यटकीय गन्तव्य छनोट गरेर पठाइएको बताउँदै जिससका प्रमुख खुलालले निर्धारण भएका पर्यटकीय गन्तव्य स्थलमा स्थानीय तहले विस्तृत परियोजना बनाएर थप आवश्यक संरचना निर्माण, प्रचारप्रसारलगायत पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने बताए ।

उनले भने, निर्धारण गरिएको पर्यटकीय स्थलसम्म पुग्न सडक, खानेपानी, सुरक्षालगायतका व्यवस्थापनको काम स्थानीय तहले क्रमशः गर्दै जानुपर्छ । हेटौँडा उपमहानगरपालिकाले शहीद स्मारक पार्क, चुरियास्थित सुरुङमार्ग र चुरियामाई मन्दिर तथा हेटौँडा–१८ स्थित गुम्बाडाँडामा रहेको मूर्तिकला बगैँचा, थाहा नगरपालिकाले दामन–सिमभञ्ज्याङ, चित्लाङ र राष्ट्रिय विभूति पार्क (मूलाबारी चौर) तथा मनहरी गाउँपालिकाले मनहरी पिस पार्क, रमौली जङ्गल सफारी र वनकरिया होमस्टे पर्यटकीय गन्तव्य तोकेका छन् ।

यस्तै मकवानपुरगढी गाउँपालिकाले ऐतिहासिक महत्वको मकवानपुरगढी दरवार क्षेत्र, मनकामना मन्दिर र शहीद रुद्रवाटिका पार्क, बकैया गाउँपालिकाले गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैया ठाकुर पर्यटन पार्क, बागमती गाउँपालिकाले झुरझुरेस्थित शहीद स्मारक पार्क, गोल्मे दरबार क्षेत्र र बेतिनीस्थित वनभोज स्थललाई पर्यटकीय गन्तव्य निर्धारण गरेको जिसस मकवानपुरले जनाएको छ ।

भीमफेदी गाउँपालिकाले ऐतिहासिक चिसापानी गढी, भीमफेदीस्थित हात्तीसार र त्रिखण्डी मन्दिर क्षेत्र र राक्सिराङ गाउँपालिकाले पाइराङ भिम्बुङ पर्यटकीय स्थल, जलपरी झरना चमेरे गुफा र चैनपुरस्थित चेपाङ सङ्ग्रहालयलाई भ्रमण वर्षको पर्यटकीय गन्तव्य स्थल बनाएका छन् ।

यसैगरी इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल र वरपरको क्षेत्र, भालेश्वर मन्दिर (चन्द्रागिरि केबुलकार) छावडाँडा र मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोट देवी मन्दिर र कैलाश गाउँपालिकाले कैलाश वैकुण्ठ, देखारी पर्यटक पार्क र घैराङ पर्यटक पार्क पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेको छ । गोरखापत्र दैनिकबाट