२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक शुरु



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज बिहान शुरु भएको छ । परिषद्को दोस्रो बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभयो । बैठकमा परिषद्को पहिलो बैठकको प्रतिबद्धता कार्यान्वयनको समीक्षा भइरहेको छ ।

बैठकको पहिलो दिनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको अन्तरसम्बन्ध र अधिकारका बाँडफाँट, राष्ट्रिय योजना आयोग सदस्य मीनबहादुर शाहीले नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजना र तीनै तहका सरकारबीच योजना निर्माणको समन्वय सम्बन्धमा प्रस्तुति राख्नुहुने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको प्रथम आवधिक योजना र योजना आयोगले गरेका काम कारवाहीका सम्बन्धमा आफ्नो प्रस्तुति राख्नुहुनेछ । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रदेश सरकारको कार्यसम्पादनसम्बन्धी विषयमा प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले चालू आवको बजेट कार्यान्वयन तथा वित्त हस्तान्तरणसम्बन्धी, १२ राष्ट्रिय जनगणनासम्बन्धी केन्द्रीय तथ्याङ्क विभागका तर्फबाट, प्रदेश सरकार र स्थानीय तहको क्षमता विकाससम्बन्धी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका तर्फबाट कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकको दोस्रो दिनमा यहाँका जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले साझा अधिकारको प्रयोग, योजना व्यवस्थापनमा रणनीतिक तयारी, प्राकृतिक स्रोतको उपयोग र बाँडफाँट सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच नीतिगत सामञ्जस्यताका विषयमा पाँच÷पाँच मिनेटको आफ्नो धारणा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा प्रदेश योजना आयोगका पदाधिकारी तथा सदस्य, विज्ञ, कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति, २५ नगरपालिकाका र ५४ गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, कर्णाली प्रदेश सरकारका सचिव र सबै स्थानीय तहका आमन्त्रित प्रमुख प्रशासकीय अधिकृत गरी ३०० को सहभागिता छ । बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।