२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सूर्य ग्रहण हेर्ने ईच्छा अधुरै, विशेष चस्मा लगाउँदा पनि देख्नै पाएनन्



अ+ अ-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजको सूर्य ग्रहण बादलका कारण हेर्न नपाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले सुर्य ग्रहण हेर्नकोे निम्ती विशेष चस्मा प्रयोग गरेका थिए तर पनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको को भनाइ छ ।

प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा गएर सुर्य ग्रहण हेर्न प्रयत्न गरेका थिए । उनले प्रत्यक्ष रुपमा सूर्य ग्रहण नहेरेपनि केरेलाको कोझिकोडे लगायत देशका विभिन्न भागबाट देखिएको ग्रहण झलक प्रत्यक्ष प्रसारणबाट अवलोकन गर्न पाएको उल्लेख गरेका छन् ।

प्रत्यक्ष रुपमा सूर्य ग्रहण अवलोकन गर्न नपाएपछि मोदीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्– ‘धेरै भारतीयजस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरेँ । विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ ।’