२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खेलकूद परिषद् १४औँ सागको तयारी गर्दै’



अ+ अ-

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा उनले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिए ।

हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताए । अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत परिचित गराउने बताउँदै उनले पूर्वाधार विकाससँगै खेलकूदले गति लिने विश्वास व्यक्त गरे ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले तीन महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रङ्गशाला तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । तेह्रौँ सागलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राखेप सदस्यसचिव सिलवाललाई हिसान कास्कीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

हिसान स्पोर्टस मिटअन्तर्गत छात्रा भलिबल, छात्र–छात्रा टेबुलटेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको कार्यक्रम संयोजक बाबुराम पन्तले जानकारी दिए । विसं २०६४ देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ छ टिमको सहभागिता रहेको छ ।

त्यसैगरी छात्र टेनिस मावि सिङ्गल्समा ७२, छात्रा सिङ्गल्समा ३८, छात्र डबल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ । संस्थामा आबद्ध ६८ विद्यालयमध्ये ५३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।