२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्ति लोकपथ कालोपत्रे गरिँदै



अ+ अ-

ललितपुर । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ ।
कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ । सो सडक योजनाका अनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माण लगायतका काम अर्को आर्थिक वर्षमा गरिने छ ।

आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उनले स्पष्ट पारे । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो । सो सडक योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर,। तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिङ्गान, मकवानपुरगढीमा प्रत्येक दुई/तीन सय मिटरमा पहिरो गएको थियो ।

कान्ति लोकपथ सडक योजनाका प्रमुख विनोद सापकोटाले कुल ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको बताउँदै आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिने जानकारी दिए । काठमाडौँतिर यस सडकको जिरो किलोमिटर टीकाभैरव र हेटौँडातिर यसको जिरो किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ ।

ललितपुरको टीकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म यस सडकको कुल लम्बाइ ७९ किलोमिटर रहेको छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’को बीचमा रहने जानकारी कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले दिए ।सडकको कुल ७९ किलोमिटरमा मकवानपुरतर्फको ५१ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको जानकारी उनले दिए।

जिरो किलोमिटरदेखि ३० किलोमिटरसम्म कालोपत्रे गरिएको हो । त्यसैगरी ललितपुरतर्फ विभिन्न खण्डमा १५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको उनले बताए । चालू आर्थिक वर्षमा ललितपुरमा बाँकी रहेका दुई किलोमिटर सडकको चौडा गर्ने कामसमेत सम्पन्न गर्ने जानकारीसमेत उनले दिए । अबको तीन महिनाभित्र सो सडकको चौडा गर्ने कार्य सम्पन्न हुने योजनाको दाबी छ । हेटौँडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दूरी १५ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दूरी ३६ किलोमिटर र बगुवादेखि टीका भैरवसम्मको दूरी २८ किलोमिटर रहेको छ ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीका भैरवसम्मको सडक कान्ति लोकपथ सडक योजनाले हेर्ने गर्दछ भने टीका भैरवदेखि सातदोबाटोसम्मको दस किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्दछ । गत आर्थिक वर्षदेखि यस सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ५१ किलोमिटर पर्छ ।

यो सडक निर्माणको कुल लागत तीन अर्ब ३५ करोड रुपियाँ रहेकोमा अहिलेसम्म दुई अर्ब २० करोड रुपियाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ । नयाँ संविधानअनुसार राष्ट्रिय राजमार्गहरू सङ्घीय सरकारको र सहायक राजमार्गहरू प्रदेश सरकार मातहत रहने व्यवस्था गारिएबमोजिम अहिले मुलुकभरि राष्ट्रिय राजमार्गको सङ्ख्या ८० वटा रहेका छन् । कान्ति लोकपथ सडक पनि राष्ट्रिय राजमार्गअन्तर्गत नै रहेका छन् । गोरखापत्र दैनिकबाट