२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक नियम तोडे ५ हजार जरिवाना



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक नियममा थप कडाई गर्ने भएको छ । जथाभावी सवारी कुदाउने गर्दा जाम र दुर्घटना बढेपछि विभागले ट्राफिकको सुझावका आधारमा जरिवाना शुल्क बढाउन लागेको हो । ट्राफिक नियम उल्लंघन गर्नेलाई न्यूनतम ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौं,’ उनले भने ‘अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको छ । त्यसकारण जरिवाना बढाउन लागेका हौँ ।’ अहिले ट्राफिक नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेको छ । विभागले हाल प्रस्तावमात्र गरेकाले यसले अन्तिम रूप भने पाएको छैन । प्रस्तावका विषयमा विभागले प्रदेश सरकारसँग पनि छलफल गर्ने भएको छ । यसैगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिँदा पनि तीन महिना अनिवार्य सडकमै ट्रायल दिनुपर्ने व्यवस्था गर्न लागेको छ ।

यही विषयमा विभागले आइतबार र सोमबार प्रदेश सरकारसँग छलफल गर्दैछ । ‘प्रदेश सरकारसँग छलफलपछि हामी ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउँछौँ’, हमालले भने, ‘मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिन्छ । त्यसपछि मस्यौदा संसद्मा जान्छ ।’ संसद्ले अनुमोदन गरेपछि मात्र ऐन लागू हुन्छ । यसैगरी विभागले ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई ३ हजारसम्मको जरिवाना लिने अधिकार दिइएको छ । यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउने छ ।

‘यो ऐन लागू भएपछि ट्राफिक नियम उलंघनको जरिवाना न्यूनतम र उच्चतम भन्ने हट्छ र सीधै ५ हजार जरिवाना लाग्छ’, हमालले भने । विभागले सवारी चालक अनुमति लिने व्यवस्था नै परिवर्तन गर्न लागेको छ । सार्वजनिक सवारीसाधन चलाउनका लागि दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन गर्ने भएको हो । चालकलाई थप जिम्मेवार बनाउनका लागि सुरुदेखि नै कडाई गर्ने योजनामा विभाग लागेको छ । हमालले लिखित परीक्षामा निश्चित समयको कोर्स नै राख्न लागिएको बताए ।

अहिले तीन महिनाको कोर्स राख्न प्रस्ताव गर्न लागिएको छ । त्यसमा सवारीसाधनको यान्त्रिक अवस्था, सवारीसाधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहारलगायत समावेश हुनेछ । कोर्स पढेर लिखित परीक्षा दिनुपर्नेछ । लिखित परीक्षा पास गरेपछि बल्ल ट्रायल दिन सकिनेछ । प्रयोगात्मक परीक्षा पनि अहिलेको भन्दा फरक हुनेछ । अब प्रयोगात्मक परीक्षामा अहिलेको जस्तो सामान्य ट्रायलको व्यवस्था गरिएको छैन ।

ऐनमा विदेशमा जस्तो फिल्डमै गएर परीक्षा दिनुपर्ने व्यवस्था राख्न लागिएको छ । उनका अनुसार फिल्डमा गरिने टेस्ट पासपछि पनि लाइसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ । यो अवधिमा सवारीसाधन सञ्चालन गरेको रिपोर्ट कार्ड राम्रो भए मात्रै लाइसेन्स पाइनेछ । रिपोर्ट कार्ड राम्रो नभए पुनः ट्रायल अवधि थपिनेछ । तीन महिनाको पुनः ट्रायल अवधि थप्ने प्रस्ताव गर्न लागिएको छ । सौर्य दैनिकबाट