२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंलबार शुभकामना सन्देश जारी गर्दै उहाले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुक संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाई राख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ख्रीष्टमस पर्वले समेत विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, समाजिक एकता र भातृत्व कामय गर्ने सन्देशमा भनिएको छ ।