२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गुमायो दुई तिहाई बहुमत



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएसंगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र प्राप्त छ ।

समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत नपुग्ने भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।

समाजवादी पार्टीका १७ जना सांसद छन् । समाजवादी पार्टीले संविधान संशोधन गर्नेलगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियो । तर सोमबार मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन् ।




भर्खरै