२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालक लाइसेन्सका लागि ऐनमै कडाई, अब ट्रायल परीक्षा सडकमै



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकमा १६ जनाको ज्यान जानेगरी सवारी दुर्घटना भएलगत्तै चालक फरार भए । दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरेर फर्किएर आउँदै गरेको बसका चालक आफ्नै श्रीमती र छोरीसमेत सवारी गाडी गुडाईरहेका थिए । उनी दुवैको अवस्था कस्तो छ भनेर बुझ्न समेत नखोजी फरार भए । दुर्घटनामा १५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा केही दिनपछि निधन भयो । दुर्घटनासँगै सडकमा हुने यस्ता घटनालाई कम गर्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली अगाडि सरे । वर्सेनि हुने यस्ता दुर्घटनाले सरकारी तथ्यांकअनुसार २५ सयभन्दा बढीले ज्यान गुमाउनु परेको छ ।

कयौँ बालबालिका र बुढाबुढीलाई बेसाहारा बनाउने यस्ता दुर्घटना रोक्न प्रधानमन्त्री ओलीले सबै निकायलाई निर्देशन नै दिए । विगतमा पनि यस्ता दुर्घटनाका छानबिन हुन्थे र प्रतिवेदनमै सीमित हुन्थ्यो । तर, अब भने यातायात व्यवस्था विभागले सवारी चालक अनुमति लिने व्यवस्था नै परिवर्तन गर्न लागेको छ । सार्वजनिक सवारीसाधन चलाउनका लागि दिईने सवारी चालक अनुमतिपत्र ९लाईसेन्स० को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन गर्ने भएको हो ।चालकलाई थप जिम्मेवार बनाउनका लागि सुरुदेखि नै कडाई गर्ने योजनामा विभाग लागेको छ ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै ठूला सवारीसाधन सञ्चालनका लागि लिईने लाईसेन्सको परीक्षा परिवर्तन गर्न प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि लाइसेन्स दिएदेखि नै चालकलाई कडाई गर्नका लागि नयाँ व्यवस्था ल्याउन लागिएको हो’, उनले भने । प्रधानमन्त्रीको निर्देशनपछि विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारिरहेको छ ।

ऐनका विषयमा विभागले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल र सुझाव लिँदैछ । मस्यौदा तयार पारेर संसदको हिउँदे अधिवेशबाट पारित गराउने योजना बनाइएको छ । विभागले गरेको अध्ययन अनुसार, सवारीसाधन दुर्घटना हुनुमा ८० प्रतिशत कारण चालकको लापरवाही देखिने गरेको छ । बाँकी २० प्रतिशतमा मानवीय त्रुटी, यान्त्रिक गडबडी, सडकको अवस्था, पैदल यात्रु लगायत रहेका छन् । यसैलाई मध्यनजर गर्दै चालकलाई लक्षित गरेर लाईसेन्सको परीक्षा परिवर्तन गर्न लागिएको हो ।

हमालले लिखित परीक्षामा निश्चित समयको कोर्स नै राख्न लागिएको बताए । अहिले तीन महिनाको कोर्स राख्न प्रस्ताव गर्न लागिएको छ । त्यसमा सवारीसाधनको यान्त्रिक अवस्था, सवारीसाधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहार लगायत समावेश हुनेछ । कोर्स पढेर लिखित परीक्षा दिनुपर्नेछ । लिखित परीक्षा पास गरेपछि बल्ल ट्रायल दिन सकिनेछ । प्रयोगात्मक परीक्षा पनि अहिलेको भन्दा फरक हुनेछ । अब प्रयोगात्मक परीक्षामा अहिलेको जस्तो सामान्य ट्रायलको व्यवस्था गरिएको छैन ।

ऐनमा विदेशमा जस्तो फिल्डमै गएर परीक्षा दिनुपर्ने व्यवस्था राख्न लागिएको छ । उनका अनुसार फिल्डमा गरिने टेस्ट पासपछि पनि लाईसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ । यो अवधिमा सवारीसाधन सञ्चालन गरेको रिपोर्ट कार्ड राम्रो भए मात्रै लाईसेन्स पाईनेछ । रिपोर्ट कार्ड राम्रो नभए पुनः ट्रायल अवधि थपिनेछ । तीन महिनाको पुनः ट्रायल अवधि थप्ने प्रस्ताव गर्न लागिएको छ । विभागले नयाँ खोलिएका सडकमा पनि सवारी अनुमति सञ्चालन दिनेमा कडाई गर्ने भएको छ ।

सडकको ट्रा्याक खोल्नेवित्तिकै सवारीसाधन सञ्चालन गर्ने प्रवृति रहेकोमा त्यसलाई कडाई गर्दै कसरी अघि बढ्ने र दुर्घटना कम गराउने भन्ने विषयमा सडक विभागले तयारी गरिरहेको छ ।यसमा सडक सुरक्षा, अडिट लगायतका विषयहरू समेत समेटिनेछ । यातायातले संघीय ऐन मार्फत ट्राफिक जरिवाना बढाउन लागेको छ । ट्राफिक नियम उल्लंघनको अवस्था हेरेर तीन गुणासम्म जरिवाना बढाउन प्रस्ताव गर्न लागिएको छ । न्युन जरिवानाका कारण नियम मिच्ने बढेको र यसले दुर्घटना बढाएको विभागको तर्क छ ।

लाईसेन्स लिनका लागि उमेरसमेत बढाउन लागिएको छ । विभागले दुई पाङ्ग्रेका लागि १८ र चार पाङ्ग्रेका लागि २५ वर्ष बनाउन लागेको हो । यो सुझाव ट्राफिक प्रहरीले विभागलाई दिएको हो । लाईसेन्सको अवधि १० वर्ष बनाउने, विद्युतीय सवारीसाधन सम्बन्धी व्यवस्था, पठाओ, टुटल जस्ता संस्थालाई पनि ऐनले समेट्नेछ । सवारीसाधन सञ्चालन गर्दा मोवाईल फोन प्रयोग गर्न नपाईने भएपनि कस्तो कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । यो ऐनले मोवाईल चलाउँदा कडा कारबाही गर्ने व्यवस्था गर्न लागेको छ । सौर्य दैनिकबाट




भर्खरै