२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भू-भाग मिच्दा सरकार किन मौन ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गर्नुभएको हो । उहाँले सिमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छ ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन । यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ? सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर पनि जवाफ दिनुपर्छ । भारत संग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।”

नेपालको जमिन मिचेर भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दे सिमा माथि धावा बोल्ने काम हुदा पनि सरकार मौन बसेकोमा आक्रोश पोख्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा र्कितिमान कायम गरेको दाबी पनि गर्नुभयो ।

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताउनुभयो । सर्वहाराका नेता भन्न रुचाउनेहरुमा मात्रै परिर्वतन आएको भन्दै उहाँले विभेदरहित समाज भाषण मा नभई व्यवहारमा देखाउन सरकारलाई चुनौति दिनुभयो । उहाँले भन्नुभयो “आफूलाई सर्वहाराका नेता भन्नेहरु आज धनाड्य बन्न पुगेका छन् । त्यो मात्रै परिर्वतन भएको छ । नेपाली जनता जनताहरुको घरमा आज गरिबी त्यत्तिकै छ । महंगाईको शिकार जनताहरु त्यत्तिकै छन् । आज आलु किन्न जनताहरुले सकिरहेका छैनन् । दैनिक उपभोग्य बस्तु किन्न नसकेर जनताहरु त्राहिमाम छन् । जनताहरु त्रसित छन् । अनि केमा सरकारले स्वाङ्ग गर्देछ । सरकारले नाक फुलाउने अवस्था त म देख्दै देख्दिन ।”

विभेद र भ्रष्ट्राचारको अन्त्य भएर युवाहरुले स्वदेशमै रोजगारी नपाएसम्म मुलुक सम्मृद्ध हुन नसक्ने भन्दै वर्तमान सरकारको समयमा एनसेल, गोकर्ण रिसोर्ट लगायत ठूला ठूला भ्रष्टाचारको काण्डै काण्ड भएको दाबी गर्नुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएकोमा पनि आपत्ति जनाउनुभयो ।




भर्खरै