२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्ण रिसोर्टबारे नेकपाकै सांसद यसरी कड्किए



अ+ अ-

काठमाडौं । गोकर्ण रिसोर्टबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक खिमलाल भट्टराईले सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले भने, ‘आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’

सरकारले हालै मात्र यती समूहलाई गोकर्ण रिसोर्ट भएको जग्गा दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो । यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि कौडीको भाउमा यती समूहलाई दिएको भन्दै आलोचना भएको छ ।