२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई र एसएलसिई परीक्षासम्बन्धी एकीकृत निर्देशिका मन्त्रालयमै अलपत्र



अ+ अ-

काठमाडैं । शिक्षा मन्त्रालयले ६ महिनादेखि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नयाँ निर्देशिका अड्काएर राखेको छ । एसइई र एसएलसिई परीक्षाका एउटै निर्देशिका नहुँदा परीक्षा सञ्चालन गर्न समस्या भएको छ । शिक्षा ऐनमा शिक्षा मन्त्रालयले निर्देशिका जारी गर्ने उल्लेख छ । तर, मन्त्रालयले एकीकृत निर्देशिका जारी गर्न सकेको छैन । ऐनअनुसार कक्षा १२ र कक्षा १० को परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन भए पनि निर्देशिका नहुँदा काममा बाधा पुगेको छ ।

बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले निर्देशिकाको मस्यौदा तयार गरेर मन्त्रालयमा पठाए पनि स्वीकृत नभएको बताए । ‘परीक्षाको एकीकृत निर्देशिका ६ महिनादेखि शिक्षा मन्त्रालयबाट स्वीकृत भएन,’ उनले भने, ‘पहिले खारेज भएका निर्देशिकाकै आधारमा परीक्षा चलेको छ, यसले काममा समस्या भएको छ ।’ अहिले एसइई र एसएलसिई परीक्षा खारेज भएको निर्देशिकाका आधारमा सञ्चालन भएका छन् । शिक्षा ऐन संशोधन गरी कक्षा १२ सम्म विद्यालय शिक्षा बनाएपछि पनि शिक्षा मन्त्रालयले निर्देशिका जारी नगर्दा खारेज भएका साबिकका एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्कै व्यवस्थाअनुसार परीक्षा सञ्चालन भइरहेको छ ।

०७३ मा भएको शिक्षा ऐनको आठौँ संशोधनले कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ लाई माध्यमिक तहमा विभाजन गरेको थियो । ऐन संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर राष्ट्रिय परीक्षा बोर्ड गठन भएको हो । विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को राष्ट्रियस्तरमा र कक्षा १० को परीक्षा क्षेत्रीयस्तर (प्रदेशस्तर)मा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा निर्देशिका अन्तिम टुंगो लगाउन कमिटी बनाइए पनि अहिलेसम्म एकपटक मात्र बैठक बसेको छ । कमिटीका एक सदस्यले सहसचिव काप्रीले छिटो टुंगो लगाउन समय नदिएको बताए ।

बोर्ड एउटै, ‘नम्स’ फरक:एसइई र एसएलसिई परीक्षा सञ्चालन गर्ने एउटै बोर्ड भए पनि खर्च गर्ने ‘नम्स’ भने फरक छन् । एकीकृत निर्देशिका नआउँदा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको काम पुरानै शैलीदेखि खर्च गर्ने ‘नम्स’समेत फरक छ । एसइईको काम अर्थ मन्त्रालयको ‘नम्स’अनुसार चल्छ, केमा कति खर्च गर्न पाउने भन्ने आधारमा सञ्चालन भइरहेको छ । एसइईको परीक्षाको काम ०६८ मा बनेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन निर्देशिकाअनुसार सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका कक्षा १० र कक्षा ११, १२ को परीक्षाका काममा संलग्नलाई दिने पारिश्रमिकमा समेत धेरै फरक छ । कक्षा १० को उत्तरपुस्तिका परीक्षणको २४ रुपैयाँ र सम्परीक्षणको ६ रुपैयाँ तोकेको छ । तर, बोर्डकै कक्षा ११ र १२ का उत्तरपुस्तिका परीक्षणको ४० रुपैयाँ दिने गरेको छ ।

कक्षा १० को माक्र्स इन्ट्री, रुजु, रिजल्टको सर्टिफिकेट प्रिन्ट, कार्बन फालेको, ग्रेडसिटमा छाप लगाउने काममा संलग्नलाई छुट्टै रकम दिने व्यवस्था छ । तर ११, १२ मा त्यो सुविधा छैन । ‘एउटै बोर्डमा फरक नम्स छ, शिक्षक खुसी छैनन् । १० कक्षामा उत्तरपुस्तिका परीक्षणका लागि आउन चाहँदैनन्, तर माक्र्स इन्ट्रीलगायतका काम गर्न खुसी भएर आउँछन्,’ एक उपनियन्त्रकले भने ।

सात वर्षदेखि पदपूर्ति भएन, निमित्तको भरमा बोर्ड:साबिकको उच्च माध्यमिक परिषद् ऐनअनुसार भर्ना भएर काम गर्दै आएका कर्मचारीको वृत्तिविकास रोकिएको छ । बोर्डका कर्मचारीको सात वर्षदेखि पदपूर्तिको काम ठप्प छ । बढुवा नहुँदा रिक्त भएका पदमा समेत निमित्तले कार्यालय चलाउनुपरेको छ । वृत्तिविकास रोकिएपछि कर्मचारी आक्रोशित भएका छन् । केन्द्रदेखि प्रदेश र जिल्लास्थित कार्यालयसम्म निमित्तको भरमा सञ्चालन भएका छन् ।

बोर्डको केन्द्रमा सात सहसचिवको दरबन्दी छ । तर, अहिले कन्फर्म दुईजना र पाँचजना निमित्तले चलाएका छन् । सात वर्षदेखि पदपूर्ति भएको छैन । अधिकृत प्रथम, अधिकृत द्वितीय, शाखा अधिकृत, प्रशासन सहायकको १४ वर्षदेखि बढुवा भएको छैन ।

सात वर्षअघि एकपटक उपसचिव र सहसचिव पदमा दरबन्दी खुलेपछि पदपूर्ति भएको थियो । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना एक वर्षदेखि स्वीकृत नगरेकाले सबै काम अलपत्र छ । ०७५ साउनमा मन्त्रालयमा पठाएको संगठन संरचना शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको बेवास्ताका कारण स्वीकृत नभएको हो । नयाँ पत्रिका दैनिकबाट