२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक व्यक्तिलाई  ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै काठमाडौं महानगरपालिका–१४ बाट ५५ वर्षीय निमा घिमिरेलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई अष्ट्रेलिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर रकम असुल गरेका थिए। पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएपछि दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

उनबाट १२ लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।