२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व द्वन्द्वका बीच जापानद्वारा तेल भण्डार खुला गर्न शुरु



अ+ अ-

काठमाडौँ। बढ्दो मध्यपूर्व द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्योडो न्युजकाअनुसार देशले सुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्दैछ । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिनेछ ।

जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्नेछ । जसले उनीहरूलाई आफ्नो मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ ।

प्रधानमन्त्री सानाए ताकाइचीले करिव ८ करोड (८० मिलियन) ब्यारेल तेल खुला गर्ने सरकारको योजना घोषणा गर्नुभयो ।क जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो ।

यो मात्रा ४५ दिनको घरेलु खपत बराबर हो र सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १.८ गुणा बढी भएको क्योडो न्युजले रिपोर्ट गरेको छ । सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको छ ।

सन् १९७० को दशकमा यो प्रणाली सुरु भएयता जापानले आफ्नो तेल भण्डार प्रयोग गरेको यो सातौं पटक हो । सन् २०२५ को अन्त्यसम्ममा, जापानसँग २५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको तेल भण्डार थियो ।

जापान आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वमा निर्भर छ, जसले गर्दा फेब्रुअरीको अन्त्यमा मध्यपूर्व द्वन्द्व शुरु भएपछि होर्मुज जलडमरूमध्यको प्रभावकारी बन्दले यसलाई अत्यधिक जोखिममा पारेको छ । यस अवरोधले देशमा कच्चा तेलको मूल्यमा तिब्र वृद्धि ल्याएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल