२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा पैसा थ्रुपिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँः कोईराला



अ+ अ-

काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले  अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् ।

नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताएका हुन् ।

अध्यक्ष कोईरालाले  सो मध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति कर्जा प्रवाह गरिएको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताए । कोईरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाएनन् ।

उनले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू तमाम रहेको समेत बताए । कोईरालाकाअनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ । बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

अध्यक्ष कोइरालाले भने, “अहिले बैंकसँग ७७ खर्बको डिपोजिट छ । ५८ खर्ब जति लोन प्रवाह गरेका छौँ । कर्जा प्रवाहको ग्रोथ बढ्न सकिरहेको छैन । बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि छन् । ऋण उठाउन जाने क्रममा धेरै प्रकारका थ्रेडसहरुछन् । बैंकर्स संघले अलिकति अघि बढ्नुपर्ने अवस्था पनि आइरहेका छन् । कुनै भीडले बैंकको पैसा तिर्नु पदैन भन्ने कुरा आयो भने यसले समग्र अर्थतन्त्रलाई असर पार्छ । पैसा तिर्नुपर्दैन भनेर भाष्य बन्ने र कर्मचारीलाई विभिन्न प्रकारका थ्रेडसहरु जस्तै कालोमोसो दल्ने, जुत्ता माला लगाउने जुन हामीले देख्याँै, यस्तो खालको कुराहरु आयो भने भविष्यमा हाम्रो इकोनोमीलाई राम्रो गर्दैन् ।”

उनकाअनुसार ऋण तिर्नु पर्दैन जस्ता भाष्य बनाउन खोजिएको बताउँदै यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत हुनेछैन ।